arrow

नयाँ बजेटका लागि राजश्व परामर्श समितिले माग्यो करसम्बन्धी सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
oiltax1.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नयाँ बजेटमा राजश्वको परिवर्तनका सम्बन्धमा राजश्व परामर्श समितिले सुझाव मागेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै समितिले समिति तथा समिति अन्तर्गतका उपसमितिहरुमा सुझाव पठाउन भनेको हो ।

यसका लागि चैत १० गतेसम्मको समय तोकिएको छ । सो समयसम्म निजी क्षेत्रका संघ संस्था तथा आम नागरिकले यस्तो सुझाव उपलब्ध गराउन सक्नेछन् । 

सरकारले राजश्वका दरहरुको बारेमा सुझाव दिन शुक्रबार मात्रै राजश्व सचिव रामप्रसाद घिमिरेको नेतृत्वमा राजश्व परामर्श समिति गठन गरेको थियो । 

समिति अन्तर्गत आन्तरिक राजश्व, भन्सार, उद्योग वाणिज्य लगानी तथा निर्यात प्रवद्र्धन, राजश्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान, कृषि उर्जा तथा पर्यटन, बैंक वित्तीय संस्था बीमा सहकारी तथा पुँजीबजार तथा गैरकर तथा अन्तरसरकारी राजश्व व्यवस्थापन उपसमिति गठन भएका छन् । 

सम्बन्धित विषयसँग सम्बन्धित सुझावहरु सम्बन्धित उपसमितिमासमेत दिन सकिने तथा अर्थ मन्त्रालयका विभिन्न कार्यालय मार्फत् सुझाव पठाउन सकिने समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ