arrow

नयाँ गठबन्धनले नेप्से आकासियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
Nepse-Up-bull.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नयाँ गठबन्धनसँगै नेप्से परिसूचक आकासिएको छ । सोमबार एकैदिन ११७.७० अंकले वृद्धि भएको शेयर बजार २०७८ विन्दुमा पुगेर बन्द भएको छ । 

माओवादी–कांग्रेससहितको गठबन्धन भत्किएर माओवादी–एमाले सत्ता गठबन्धन बनेसँगै सोमबार शेयर बजारमा उछाल आएको हो । सोमबार ६ प्रतिशतले शेयर बजार बढेको हो । सोमबार बजारमा दुईपटक सकारात्मक सर्किट लागेको थियो । 

यसदिन २३७ कम्पनीको ९ लाख ३४ हजार ९१९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड २० लाख ९ हजार ९७८ रुपैयाँको कारोबार भएको छ । 
यसदिन २३० कम्पनीको शेयर मूल्य बढेको छ भने २ कम्पनीको शेयर मूल्य घटेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ