arrow

पश्चिमले युक्रेनमा सेना पठाए नेटोसँग भिडन्त हुने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
russia-ukraine-war-ukrainian-soilder.jpg

काठमाडौँ । पश्चिमी राष्ट्रहरूले युक्रेनमा सेना पठाउने निर्णय गरेमा रुस र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) बीच प्रत्यक्ष टकराव हुने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मङ्गलबार बताएका छन् । 

पेस्कोभको उक्त टिप्पणी फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार पेरिसमा आयोजित सम्मेलनका क्रममा दिएको अभिव्यक्ति पछि आएको हो । सो सम्मेलनमा युरोपेली नेताहरूको समूहले पश्चिमी समर्थनलाई बलियो बनाउने तरिकाहरूबारे छलफल गरेको थियो।

म्याक्रोनले युरोपेली नेताहरू बीच कुनै आधिकारिक सहमति नभए पनि युक्रेनमा सेना पठाउने सम्भावनालाई "नकार्नु हुँदैन," र रुसले चलिरहेको द्वन्द्वमा नजितोस् भन्ने सुनिश्चित गर्न पश्चिमले सबै काम गर्ने बताएका थिए ।

"यस अवस्थामा हामीले सम्भावनाको बारेमा होइन तर अपरिहार्यता (नेटोसँगको झडपको) बारेमा कुरा गर्न आवश्यक छ ।," पेस्कोभले युक्रेनमा नेटो सेनाको सम्भावित तैनाथीको प्रश्नको जवाफ दिँदै भनेका छन् ।
 
यसै बीच थुप्रै देशहरू त्यस्ता कार्यहरूको सम्भावित खतराको मूल्याङ्कन भइरहेको छ, उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ