arrow

सरकारको प्राथमिकतामा ग्रीन हाइड्रोजनको उत्पादन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
green-hydrogen-2024.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले ग्रीन हाइड्रोजन ग्यास उत्पादनलाई अघि बढाउने भएको छ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्रीन हाइड्रोजनको उत्पादन तथा लगानी सम्भाब्यता सम्बन्धी अध्ययनअघि बढाउने घोषणा गरेका हुन् । 

वर्खायाममा खेर गइरहेको बिजुलीको उपयोगका लागि ग्रीन हाइड्रोजन, एमोनिया, मिथेनलगायत ग्यासहरुको उत्पादन गर्न सकिने तथ्य काठमाडौँ विश्वविद्यालयको एक अध्ययनले गरेको थियो । 

उक्त अध्ययन समेतका आधारमा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाइड्रोजन उत्पादनका सम्बन्धमा नीति तयारी गरी मन्त्रिपरिषद्बाट पारितसमेत गरिसकेको छ । अहिले सरकारले कार्यक्रममै यो विषय समेटेको हो । 

अहिले विश्वका विभिन्न देशले हाइड्रोजनलाई जिवाष्म इन्धनको विकल्पमा प्रयोग गर्न थालिसकेका छन् । युरोपेली मुलुकदेखि जापान, दक्षिण कोरिया तथा भारतले समेत हाइड्रोजन इन्धनमा आधारित सवारीसाधनहरु निर्माण गरिसकेका छन् । 

अहिले काठमाडौँ विश्वविद्यालयले प्रदर्शनी प्रयोजनको लागि हाइड्रोजन कार ल्याएको छ । आफैँले बनाएको कारमार्फत् उत्पादित हाइड्रोजनबाट उक्त गाडी सञ्चालन हुँदै आएको छ । 

यद्यपि कानूनी प्रक्रिया पूरा नहुँदा भई नम्बर प्लेट नपाउँदा अझै पनि उक्त गाडी विश्वविद्यालय परिसरमा मात्रै सञ्चालन हुन सकेको छ । 

बजेटको सिद्धान्त तथा प्राथमिकतामा समेत हाइड्रोजन उत्पादनसम्बन्धी सम्भाव्यता अध्ययनको विषय उल्लेख भएर आएपछि यसको उपयोगको सम्बन्धमा कानूनी व्यवस्था गर्नसमेत सहयोगी हुने काठमाडौँ विश्वविद्यालय अन्तर्गत ग्रीन हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापा बताउँछन् । 

उनका अनुसार खेर जाने विद्युत्बाट मात्रै वार्षिक खर्बौँ रुपैयाँको हाइड्रोजन उत्पादन सम्भव छ । उक्त जलविद्युत् जस्तै उक्त ग्यासकोसमेत बजार प्रचूर रहेको उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ