arrow

राष्ट्रपतिद्वारा दुःख व्यक्त, भक्तराजको पार्थिव शरीरलाई ९ बजेबाट अन्तिम श्रद्धाञ्जलीका लागि राखिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
bhaktaraj-acharya.jpg

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

राष्ट्रपति पौडेलले भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध आचार्यको निधनको खबरले आफू स्तब्ध भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

दुःखको यस घडीमा स्वर्गीय आचार्यप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।  

गायक तथा सङ्गीतकार आचार्यको सोमबार अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो ।

वरिष्ठ गायक तथा सङ्गीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो । अचानक अक्सिजनको मात्रा घटेपछि उनलाई अस्पताल लगिँदै थियो ।

आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौँ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत करिब चार सय गीतमा आवाज दिएका छन् । 

गायक आचार्यको पार्थिव शरीरलाई आज  बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ