arrow

आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेस, एक साता छलफल [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार
prakashsharan-mahat-80-11-1.jpg

काठमाडौँ । संसदमा आर्थिक वर्ष २०८१–८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ पेस गरिएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् । 

सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्नेगरी आज संसद्मा पेस गरेको हो । 

संसदमा पेस भएको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सात दिन छलफल हुने भएको छ । 

उक्त प्रस्तावमाथि छलफल गर्न सभामुख देवराज घिमिरेले सात दिनको समय तोकेका हुन् । बैठकमा उनले सो प्रस्तावमाथि यही फागुन २१, २२, २३, ३० र चैत १, २ र ४ गते छलफल हुने जानकारी गराएका हुन् । 

दलीय आधारमा छलफल गरिने भएकाले छलफलमा भाग लिने आ–आफ्ना वक्ताको नाम बैठक शुरु हुनुभन्दा एक घण्टा अगाडि नाम टिपाउन उनले भनेका छन् । 

साथै सभामुख घिमिरेले छलफलका क्रममा सांसदहरुले दिएको सुझावको टिपोट गर्न अर्थ मन्त्रालय र संघीय संसद सचिवालयलाई पनि निर्देशन दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ