arrow

रुस–युक्रेन युद्धमा ३१ हजार युक्रेनी सेना मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार
volodymyr-zelensky-ukraine.jpg
तस्बिर – फाइल ।

किभ । रुससँगको जारी युद्धमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्याङ्क सार्वजनिक भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण शुरु भएदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको बताएका हुन् ।

उनले रुसी सैन्य योजनालाई मद्दत गर्ने भएकाले घाइतेको संख्या भने सार्वजनिक नगर्ने जनाएका छन् । सामान्यतया युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेवाकर्मीहरूको संख्या सार्वजनिक गर्दैन थिए तर रुससँगको युद्ध शुरू भएको दुई वर्ष पुगेको अवसरमा उनले यो संख्या सार्वजनिक गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनका रक्षा मन्त्री रुस्तम उमरोभले युक्रेनका लागि सबै पश्चिमी सहायतामा ढिलाइ भएको र युद्ध ग्रस्त क्षेत्रको खर्च गर्न नपाएपछि ज्यान जोखिममा पर्दै गएपछि यो तथ्यांङ्क सार्वजनिक गर्नु परेको बताएका छन् ।

‘अहिले प्रतिबद्धताले युक्रेनका लागि पर्याप्त छैन, त्यसले कुनै काम गर्दैन,’ रुस्तम उमरोभले आइतवार टेलिभिजन सम्बोधनमा भनेका छन् । युक्रेनले हाल रुसलाई आफ्नो क्षेत्रबाट धपाउने आफ्नो मिसनमा विभिन्न प्रकारका अवरोधहरू भोगिरहेको छ।

श्री उमरोभले भने कि वैदेशिक सहयोग र आपूर्तिको अभावले युक्रेनलाई युद्धको संख्यामा थप क्षतिमा पुर्‍याइरहेको छ । ‘हामीले सम्भव र असम्भव सबै गर्छौं तर समयमै आपूर्ति नहुँदा यसले हामीलाई हानि गर्छ,’ उनले भने।

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले नोभेम्बरमा चेतावनी दिएका थिए कि मार्चसम्म १० लाख तोपखाने गोलाहरू उपलब्ध गराउने योजना पूरा हुने छैन ।

जनवरीमा युरोपेली संघले यीमध्ये आधा भन्दा बढी समय सीमामा युक्रेनमा पुग्ने र २०२४ को अन्त्यसम्म पूर्ण प्रतिज्ञा गरिएको रकम त्यहाँ नपुग्ने बताएपछि युक्रेनको अवस्था थप दयनीय हुन सक्ने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ