मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
871
Shares
तस्बिर-फाइल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ ।
गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो ।
पार्टीको बैठकमा मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने पार्टी उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।
जाँचबुझ आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि उनीलाई राजीनामा गराउन पार्टीमा केही नेताहरूले सुझाव दिएको आशय उनले व्यक्त गरे ।