arrow

शंखरापुरामा राष्ट्रपति पौडेललाई सांसद गौतमले गरिन् स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
ramchandra-poudel-2080-11-0.jpg

काठमाडौँ । आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल शंखरापुर शालीनदी पुगे । पौडेलले एक घण्टा समय लगाएर शालीनदी स्वस्थानी माता, माधवनारायण एवं माता बज्रयोगिनीको दर्शन गरे । 

संघीय सांसद एवं नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमलगायत शंखरापुरबासीले राष्ट्रपति पौडेलको भव्य स्वागत गर्नुका साथै शालीनदीमा दर्शन गर्न आएकोमा आभार प्रकट गरे । 

पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा राष्ट्रपति पौडेल आइतबार बिहान सहभागी भएका हुन् । 
   
पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चनाका साथै शालीनदीमा जल अभिषेक गरेका हुन् ।  

उनले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवं पूजा अर्चना गरे । पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुशीको विषय भएको बताए । 


  
बज्रयोगिनी मन्दिर पुग्दा शङ्खरापुर–८ का वडाध्यक्ष पोते थिङ र वडा नं ४ का वडाध्यक्ष सुनबहादुर तामाङलगायतले धार्मिक संस्कृतिका बारेमा जानकारी गराए । 

राष्ट्रपति पौडेलले भृकुटी र स्रङ्चङ् गम्पोसँगको ऐतिहासिक महत्व जोडिएको बज्रयोगिनी र धार्मिक एवं ऐतिहासिक महत्वको शालीनदी क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।


 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ