arrow

करोडौँ भारतीय नागरिकको सपना नै मेरो सङ्कल्प : मोदी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
narendra-modi-2024-02-18.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (भाजपा) सरकारको तेस्रो कार्यकाल सत्ताभोगको लागि नभइ करोडौँ बालबालिकाको भविष्यका लागि भएको बताएका छन् । उनले भारतीय करोडौँ नागरिकको सपना नै आफ्नो सङ्कल्प भएको बताए । 

नयाँदिल्लीको भारत मंडपमा भाजपाको दुई दिने राष्ट्रिय सम्मेलनमा आइतबार सम्बोधन गर्दै मोदीले यो वर्ष लगातारतेस्रो पटक सरकार बनाएर जनसेवा र राष्ट्रसेवा गरेर इतिहास रच्न गइरहेको उल्लेख गरे । मोदीले भाजपा कार्यकर्ताको निष्ठा र समर्पणबाट मात्र यो सम्भव भएकोसमेत बताएर कार्यकर्तालाई हौसाएका छन् । 

सम्बोधनका क्रममा मोदीले कांग्रेस आई देश टुक्याउन लागिपरेको आरोप लगाएका छन् । ६४ मिनेट सम्बोधन गर्दै मोदीले आफ्नो दश वर्षे कार्यकालको उपलब्धिहरु सुनाउँदै कांग्रेसले गरेको अवरोध पनि देखाएका थिए । 

उनले कांग्रेसले सेनामाथि सवाल उठाएको, साफेलको बाटोमा पनि अवरोध सिर्जना गरेको आरोपसमेत लगाए । 

कार्यकर्तालाई ऊर्जा भर्ने काम गरेका मोदीले १० वर्षको कार्यकालका क्रममा भारतीय अर्थव्यवस्थामा स्वेत पत्र जारी गरेको बताए । 

मोदीको सम्बोधनसँगै भाजपाको राष्ट्रिय सम्मेलन सकिएको छ । उक्त सम्बोधनमा कार्यकर्तालाई १०० दिन नयाँ ऊर्जा, नयाँ उमंग, नयाँ उत्साह, नयाँ विश्वास, नयाँ जोशका साथ काम गर्नुपर्ने बताए । 

मोदीले आचार्य श्री १०८ विद्यासागर जी महाराजको ब्रम्हलीन हुनु देशका लागि एक अपूरणीय क्षति भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ