नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्छ: सांसद सुवाल
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
1.2k
Shares
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई सफाइ दिनु नहुने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूलाई सफाइ दिनु नहुने बताएका हुन् ।
उनले संलग्नहरूलाई कारबाही गर्नुपर्ने बताए । उनले न्यायाधीश भागबन्डाको अन्य हुनुपर्ने बताए ।
उनले नेपाल स्काउट र रेडक्रसमा भएको भ्रष्टाचार छानबिन गर्न पनि माग गरे ।