arrow

सेना फिर्ता गर्दै युक्रेन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
russia-ukraine-war-ukrainian-soilder.jpg

काठमाडौँ  युक्रेनले अग्रपंक्तिमा रहेको पूर्वी शहर अवडिभकाबाट सेना फिर्ता गर्न आदेश दिएको युक्रेनी सशस्त्र बलका कमाण्डर-इन-चीफ ओलेक्सान्डर सिर्स्कीले शनिबार बताएका छन् ।

"घेराबाट बच्न र सेवाकर्मीहरूको जीवन र स्वास्थ्यको रक्षा गर्न, मैले शहरबाट हाम्रा सैनिक एकाइहरू फिर्ता लिने निर्णय गरें," सिर्स्कीले फेसबुकमा लेखेका छन् ।

उनले युक्रेनका लागि सैनिकको जीवन सबैभन्दा महत्त्वपूर्ण रहेकोमा जोड दिएका छन्। 

युक्रेनी सेनाले जटिल सुरक्षा स्थितिलाई स्थिर बनाउन विभिन्न उपायहरू गरिरहेको पनि सिर्स्कीले उल्लेख गरेका छन् । 

यसै हप्ताको शुरुमा स्थानीय सञ्चार माध्यमले रूसी सेनाहरूले युक्रेनी सेनासँग भीषण लडाइँ पछि डोनेट्स्क क्षेत्रको औद्योगिक शहर अवडिभकामा पकड बलियो बनाएको जनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ