arrow

प्रकृति र संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा लाग्नुपर्छ : राज्यमन्त्री ठकुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ५ शनिबार
sushila-shirpali-thakuri-2080-03-25.jpg
फाइल तस्बिर

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नेपालको प्रकृति र संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा लाग्नुपर्ने बताएकी छिन् ।

ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) ले आयोजना गरेको संयुक्त ल्होसार महोत्सवको उद्घाटन गर्दै राज्यमन्त्री सिर्पाली ठकुरीले नेपालमा भएको संस्कृति र प्रकृतिको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताइन् ।

“नेपालको पर्यटन प्रवर्द्धनमा टानको संयुक्त ल्होसारले ठूलो सन्देश दिएको छ, यसले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास छ”, उनले भनिन् । पर्वलाई पहिचानको रुपमा अगाडि बढाउनुपर्ने राज्यमन्त्री सिर्पाली ठकुरीको भनाइ थियो । 

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले पर्यटन क्षेत्रको विकासमा देखिएका नीतिगत समस्या हटाउन अध्यागमन विभागले सहयोग गर्ने बताए । 

पर्यटन विभागका महानिर्देशक चक्र बुढाले पर्यटन क्षेत्रको विकास र विस्तारमा पर्यटन विभागले काम गरिरहेको उल्लेख गरे ।

ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बाँस्तोला, टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिव विनोद सापकोटा, होटल एशोसिएशन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहलगायतले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाबीच सहकार्य हुनुपर्नेमा जोड दिए । 

मुलुकको पर्वतीय पर्यटन क्षेत्रको विकासमा ४५ वर्षको इतिहास बोकेको टानले चार दशकदेखि टान ल्होसार महोत्सव आयोजना गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ