arrow

पोखरामा आजदेखि लिटरेचर फेस्टिभल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
pokhara-literature-festival.jpg

पोखरा । पोखरामा आजबाट सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल सुरु हुँदैछ ।

लेकसाइडको बाराही घाट नजिकैको चौरमा हुने फेस्टिभल दिउँसो ३ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटन समारोहमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान र सुशासन विषयमा विद्वत्प्रवचन दिने भएका छन् ।

यो फेस्टिभलमा कार्टुनका वादशाह दुर्गा बराल वात्स्यायनको कार्टुन संग्रह ‘वात्स्यायन एन्ड बाब्र्स’ पुस्तक विमोचन हुनेछ । त्यसपछि ‘गोर्खा वुमन’ शीर्षकमा दृश्यकला प्रदर्शनीको उद्घाटन हुनेछ ।

आयोजक संस्थाका कार्यकारी निर्देशक नीरज भारीका अनुसार साँझमा काब्यिक एवं सांगीतिक प्रस्तुति कुमार नगरकोट रिसाइटेसन विथ कुटुम्ब हुनेछ ।

आयोजकका अनुसार दोस्रो दिनदेखिका सेसन प्रत्येक दिन बिहान ११ बजेबाट सुरु हुनेछन् ।

५ दिनसम्म चल्ने फेस्टिभलमा ५५ भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिने आयोजकमध्येका एक अजीत बरालले बताए ।

उनका अनुसार फेस्टिभलका यस वर्ष पनि देशविदेशका २ सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ