रवि लामिछाने विरुद्धको उजुरी कम्पनी रजिष्ट्रारले पठायो प्रहरी परिसरमा
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
1.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको शेयर विवादमा परेको उजुरीमा कम्पनी रजिष्ट्रारको कार्यालयले क्षेत्राधिकार अभाव भन्दै प्रहरी परिसरमा पत्र पठाएको छ ।
युवराज पौडेल सफलले रविमाथि कम्पनी ऐन विपरीत झुठो लिखत र बैंक स्टेटमेन्टका आधारमा गरिएको शेयर दाखिला खारेज बदर गरी हदैसम्म कारबाही र सजाय गर्नका लागि दिएको उजुरी दर्ता भए पनि पनि कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीका शेयरधनीहरुबीचको आपसी विवादमात्र हेर्ने अधिकार रहेको भन्दै प्रहरी परिसरसँग सम्बन्धित रहेको बताएर सक्कली निवेदन प्रहरी परिसर टेकुमा पठाएको हो ।