arrow

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । गाजा पट्टीमा जारी इजरेली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।

मन्त्रालयले जनाए अनुसार इजरेली सेनाको आक्रमणबाट गत २४ घण्टामा ११७ प्यालेस्टाइनीहरूजि मृत्यु बएको छ  भने १ सय ५२ जना घाइते भएका छन् । 

योसँगै गत अक्टोबर ७ मा इजरेल–हमास द्वन्द्व शुरु भएदेखि मृत्यु हुनेको कुल सङ्ख्या २८ हजार ६४ पुगेको छ भने घाइतेको सङ्ख्या ६७ हजार ६११ पुगेको छ । 

इजरेली सेनाले गाजाको दक्षिणी भागमा रहेको रफाह शहरमा शुक्रबार रातिदेखि  हवाई आक्रमण गरेको छ  जसमा कम्तीमा २८ जनाको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले उल्लेख गरेको छ ।

शुक्रबार इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सेनालाई रफाहमा हमास ब्रिगेडका बाँकी रहेकाहरूलाई हटाउनको लागि भूमिगत अपरेशनको योजना तयार गर्न निर्देशन दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ