arrow

चौधरी चरण सिंह, पीभी नरसिम्हा राव र एमएस स्वामीनाथनलाई भारत रत्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
chaudhary-rao-swanathan-202.jpg
तस्बिर – चौधरी चरण सिंह, पीभी नरसिम्हा राव र एमएस स्वामीनाथन बायाँदेखि क्रमशः ।

काठमाडौँ । भारतीय केन्द्र सरकारले पीभी नरसिम्हा राव, चौधरी नरण सिंह र एमएस स्वामीनाथनलाई भारत रत्न दिने घोषणा गरेको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजालमार्फत उक्त जानकारी दिएका हुन् । चौधरी भारतका पाँचौँ तथा राव भारतका नवौँ प्रधानमन्त्री थिए । स्वामीनाथनलाई हरित क्रान्तिका जनक मानिन्छ । 

यो घोषणासँगै चौधरी चरण सिंहका नाति तथा राष्ट्रिय लोक दल (आरएलडी) का प्रमुख जयन्त चौधरीले ‘मन जितेको’ प्रतिक्रिया दिएका छन् । 

चौधरी सन् १९७९ को जुलाई २८ मा पाँच महिनाका लागि प्रधानमन्त्री भएका थिए । 

त्यस्तै रावका बारेमा मोदीले प्रधानमन्त्रीका रुपमा रावको कार्यकाल महत्वपूर्ण उपायद्धारा चिन्हित गरेका थिए । रावकै पालाका भारतलाई वैश्विक बजारका लागि खुला गरिदिएको पनि मोदीले भनेका छन् ।

स्वामीनाथनले यसअघि सन् १९६७ मा पद्म श्री, सन् १९७२ मा पद्म भुषण तथा सन् १९८९ मा पद्म विभुषणबाट सम्मान गरिएको थियो । उनले सन् १९६५ मा चेकोस्लोभाक एकेडेमी अफ साइन्सेजबाट मेडल मेमोरियल, सन् १९७१ मा रेमन म्यागासेसे र सन् १९८६ मा अल्बर्ट आइन्स्टाइन वल्ड साइन्स अवार्डबाट सम्मान गरिएको थियो ।

त्यस्तै सन् १९८७ मा वल्ड फुड सेफ्टी र सन् १९९१ मा पर्यावरणीय उपलब्धिका लागि टायलर अवार्ड दिइएको थियो । 

भारत सरकारले यसअघि जनवरी २३ मा बिहारका पूर्व मुख्यमन्त्री एवं जननायक कर्पूरी ठाकुर र फेब्रुअरी ३ मा पूर्व उपप्रधानमन्त्री एवं भाजपाका दिग्गज नेता लालकृष्ण आडवाणीलाई भारत रत्न दिने घोषणा गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ