arrow

सूर्यदर्शन सहकारी ठगी विषयमा पूर्व डीआईजी जोशीको घरमा छापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
Sahakari-Logo-1.jpg
तस्बिर – सांकेतिक ।

काठमाडौँ । सूर्यदर्शन सहकारीले ठगी गरेको विषयमा नेपाल प्रहरीले पूर्व डीआईजी छविलाल जोशीको काठमाडौँस्थित घरमा छापा मारेको छ । 

बुधबार साँझ शंखमुलस्थित घरमा छापा मारेर महत्वपूर्ण दस्तावेजहरु बरामद गरेको प्रहरीले जनाएको छ । सूर्यदर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु राईका व्यापारिक साझेदार पूर्व डीआईजी जोशीको घरमा रहेका महत्वपूर्ण सामग्रीलाई सुरक्षित गरेर पोखरा पठाउने भएको छ ।

काठमाडौँ परिसरको टोलीले छापा मारेको भए पनि यसलाई गोप्य राखिएको छ । पोखराको सूर्यदर्शन सहकारीका ठगी प्रकरणका रवि लामछानेविरुद्ध पनि उजुरी परेपछि प्रहरीले गितेन्द्रबाबु राईका मुख्य साझेदारको घरमा छापा मारेर महत्वपूर्ण कागाजात बरामद गरेको हो । 

लामिछाने र जोशी ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालकसमेत हुन् । साथै राई र जोशी विभिन्न कम्पनीका व्यापारिक साझेदार पनि हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ