arrow

युक्रेनको अभ्डिभ्का कब्जा गर्न रुसी प्रयास 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
russia-ukraine-war-ukrainian-soilder.jpg

काठमाडौँ ।  रुसी गोलीबारी र घुसपैठको सामना गरिरहेको पूर्वी युक्रेनको अभ्डिभ्का सहरको केही भाग ‘गम्भीर’ स्थितिमा रहेको एक स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् । 

रुसले अक्टोबरमा अभ्डिभ्कामाथि कब्जा गर्नका लागि नयाँ सिराबाट प्रयास गरेको छ । सहरको तीनतिरबाट सैनिकहरूले युक्रेनीहरूलाई फिर्ता पठाउन बाध्य गर्नका लागि लगातार तोपद्वारा हमला गरेका छन् । 

“हामीले धेरै सातादेखि स्थिति कठिन भए पनि नियन्त्रणमा छ भनिरहेका थियौँ तर अब अवस्था अन्यन्त कठिन छ र केही स्थानमा गम्भीर छ”, सहरका सैन्य प्रशासनप्रमुख भिटाली बरबासले युक्रेनी टेलिभिजनलाई भने, “यसको अर्थ सबै गुमायौँ भन्ने होइन, सबै धेरै खराब छ तर दुश्मनले हाम्रो सहरमा ठूलो मात्रामा सेना पठाइरहेको छ ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बुधबार आफ्ना सैनिकहरूले सहरको बाहिरी क्षेत्रमा कब्जा गरेको र केही स्थानमा युक्रेनको सुरक्षा तोडेको बताएका थिए। 

“सहरका सडकमा कुनै लडाइँ हुँदैन”, बरबासले भने, “पक्कै पनि एक्लै तोडफोड गर्ने र टोही समूह सहरमा पस्न र सडकमा हिँड्न खोजिरहेका छन् ।”

रुसी सेनाले अभ्डिभ्काको उत्तर, पूर्व र दक्षिणका क्षेत्रमा नियन्त्रण कायम राखेको छ । यो डोनेट्स्कको रुस–नियन्त्रित गढको बाहिरी क्षेत्रबाट करिब पाँच किलोमिटर टाढा छ । 

सहर कब्जा गर्नाले रुसलाई उसको आक्रामक दृष्टिकोणको दोस्रो वार्षिकोत्सवका रूपमा दुर्लभ जित प्रदान गर्नेछ । रुसमा मार्चमा राष्ट्रपति निर्वाचन हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ