arrow

लेबनान–इजरेल सीमामा भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ ।  दक्षिण पूर्वी लेबनान गाउँ अल–तैबेहमा इजरेलले गरेको हवाई आक्रमणमा विगत २४ घण्टामा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ । साथै दुई जना सर्वसाधारण घाइते भएका छन् । 

सिभिल डिफेन्स र मुस्लिम स्काउट एशोसिएशनका आधिकारिक स्रोतहरूले हवाई हमलाले चार भवन पनि ध्वस्त पारेको छ । गाउँका अन्य घरहरूमा पनि आंशिक रूपमा क्षति पुगेको छ । 

लेबनान सैन्य स्रोतहरूले इजरेली लडाकु विमानहरूले गत २४ घण्टामा सीमा क्षेत्रका लक्ष्यहरूमा २१ आक्रमणहरू गरेको बताए । दक्षिणी लेबनानको २५ शहर र गाउँहरूमा धेरै आक्रमण भएको बताए ।

 इजरेली सेनाका प्रवक्ता अविचाय अद्राईले इजरेली लडाकु विमानहरूले अल–तैबेहमा एक हिजबुल्लाह सैन्य भवन र मिसाइलहरूको भण्डारण स्थललाई ध्वस्त पारेको छ । 

यसैबीच, हिजबुल्लाहले आफ्ना लडाकुहरूले इरोन र एविभिमको इजरेली बस्ती र अन्य धेरै इजरेली साइटहरूमा आक्रमण गरेको बताएको छ । 

हिज्बुल्लाहले इजरेलमा हमासको आक्रमणको समर्थनमा अघिल्लो दिन इजरेल तर्फ दर्जनौँ रकेट प्रहार गरेपछि लेबनान–इजरेल सीमामा अक्टोबर ८ देखि तनाव बढेको हो । 

हिजबुल्लाह र इजरेल बीचको भिडन्तमा लेबनान पक्षमा २४४ जनाको मृत्यु भएको छ । जसमा १७६ हिजबुल्लाह सदस्यहरू र ३९ नागरिकहरू छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ