arrow

उल्टो हिँडेर हिमाल आरोहण गर्ने संजयलाई डेढ लाख

logo
प्रकाशित २०७३ कार्तिक २९ सोमबार
sanjaye-news-aaja.jpeg

काठमाडौं । नेपाली दौरा सुरुवाल ढाका टोपी लगाई अफ्रिकाकै उच्च शिखर किलिमञ्जरो तथा कोजियसको आरोहण अवधिभर उल्टो यात्रा गर्ने कीर्तिमानी आरोही संजय पण्डित सम्मानित भएका छन् ।

धावक संजयलाई सोमबार द रिभर अफ कम्पनीले एक लाख ५० हजार रुपैंयासहित सम्मान गरेको हो । समाजसेवी युवा व्यवसायी, कम्पनी अध्यक्ष रघु पुरीले सम्मान पत्र एवं डेढ लाखको चेक हस्तान्तरण गरे ।

पुरी पुर्वाञ्चल क्षेत्रका चर्चित फुटबल खेलाडी पनि हुन् । कार्यक्रममा पुरीले संजय जस्ता देशको झण्डा र नाम संसारभर फैलाउने साहसिक व्यक्तिलाई सदैव साथ दिने बताए ।

संजयले सर्वोच्च शिखर सगरमाथा, प्राण घातकको रुपमा चिनिएको आठौ ठूलो पर्वत मनास्लु युरोपको उच्च शिखर एलब्रस जापान तथा अमेरिकी उच्च शिखरको सफल आरोहण गरिसकेका छन् ।

उनी उल्टो हिँडेर हिमाल आरोहण गर्ने नेपालका प्रथम विश्व पर्वतारोही समेत हुन् । संजय एलब्रस हिमालमा ६ मिनेट ३ सेकेण्ड अर्ध नाङ्गिएका थिए, भने जापान तथा दक्षिण अमेरिकी हिमालमा दौरा सुरुवाल भात गाँउले टोपी प्रदर्शन गरेका थिए । उनी अहिले एन्ट्राटिकाको उच्च हिमाल आरोहणको सिलसिलामा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ