arrow

मनाङ मर्स्याङ्दी सडन डेथको सिकार, जाउलाखेल सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
jaulakhel-aaharara-pokhara-goldcup.jpg

पोखरा । छ पटकको उपाधि विजेता मनाङ मर्स्याङ्दीलाई पाखा लगाउँदै जाउलाखेल युथ क्लव पोखरामा जारी तेइसौं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा सोमबार भएको कडा र रोचक प्रतिस्पर्धामा मनाङ सडन डेथको सिकार बनेको हो । यसअघि निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

पाँच पेनाल्टी प्रहार पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा पुग्यो । दुवै टोलीका ९-९ खेलाडीले पेनाल्टी प्रहार गर्दा जावलाखेल ७-६ ले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो । 

जाउलाखेललाई जिताउन गोलरक्षक युनेश चौधरीले निर्णायक भूमिका खेले । चौधरीले मनाङका रणदीप पौडेलको प्रहार रोकिदिएका थिए ।

आजको निर्धारित समयमा जवालाखेलका हिसुब थपलियाले ५५औँ र मनाङका राजेश परियारले ८९औँ मिनेटमा गोल गरेका थिए ।

यो जीतसँगै जाउलाखेलले २०६८ को फाइनलमा मनाङसँगै व्यहोरेको हारको बदला पनि लिएको छ ।

जाउलाखेल ०६८ को फाइनलमा मलाङसँग २-० गोलले पराजित हुँदै उपाधिबाट बिमूख भएको थियो ।

जाउलाखेलले फाइनल प्रवेशका लागि सेमिफाइनलमा बलियो प्रतिद्वन्दी थ्रीस्टार क्लबको सामना गर्नेछ ।

प्रतियोगिताको पहिलो क्वाटरफाइनलबाट थ्रीस्टार र दोस्रो क्वाटरफाइनलबाट त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

थ्रीस्टारले भुटानको पारो एफसी र आर्मीले डिफेण्डिङ च्याम्पियन संकटा क्लवलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् । 

प्रतियोगिता अन्तर्गत मंगलबारको अन्तिम क्वाटरफाइनल खेल चर्च व्वाइज युनाइटेड र नेपाल पुलिस क्लवबीच हुनेछ । 

प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल माघ २० गते शनिबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ