arrow

गाजा वार्ताका लागि पेरिसमा अमेरिका, इजरेल, इजिप्ट, कतारका अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
france-snow.jpg

काठमाडौँ । गाजा वार्ताका लागि पेरिसमा अमेरिका, इजरेल, इजिप्ट, कतारका अधिकारीहरू छलफलमा जुटेको बताइएको छ ।

अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुखका साथै शीर्ष इजिप्ट, कतारी र इजरेली अधिकारीहरूले गाजामा युद्धविरामका लागि आइतबार पेरिसमा कुराकानी अगाडि बढाएका छन् ।

फ्रान्सेली अधिकारीहरू पनि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमास बीचको शत्रुता रोक्न वार्ता गर्ने उद्देश्यले यी चार देशहरूसँग नियमित सम्पर्कमा रहेको बताइएको छ ।

वार्तामा सहभागीहरूका निकटस्थहरूले यस बारे जानकारी गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ