arrow

डिफेन्डिङ च्याम्पियन संकटालाई हराउँदै आर्मी सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
sankata-tribhuvan-army-aaharara-pokhara-goldcup.jpg

पोखरा । डिफेण्डिङ च्याम्पियन संकटालाई पाखा लगाउँदै विभागीय टिम त्रिभुवन आर्मी पोखरामा जारी तेइसौँ आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीले संकटालाई २-० गोलले पाखा लगाएको हो । पोखरा रंगशालामा भएको खेलमा आर्मीलाई जिताउन दिनेश हेमजनले दुई तथा जिलेस्पीजंग कार्कीले एक गोल गरे । 

आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग खेल्नेछ । आर्मी चार पटक फाइनलमा पुगेको भएपनि हालसम्म उपाधि विमुख छ ।

प्रतियोगिता अन्तर्गत सोमबार मनाङ मर्स्याङ्दी र जाउलाखेलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने सहारा क्लबले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ