arrow

लुम्बिनीमा पाँचदिने मोन्लाम पूजा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
lumbini-new-fnl.jpg.jpeg

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा बिहीबारदेखि प्राणीधान मोन्लाम पूजा शुरु भएको छ । धार्मिक गतिविधि प्रवद्र्धन गर्दै बौद्धमार्गीलाई आमन्त्रण गर्ने गरी महायानाअन्तर्गत महागुरुको स्मृतिमा विश्व शान्तिको कामना गर्दै लुम्बिनीस्थित मायादेवी मन्दिर अगाडि पाँचदिने मोन्लाम पूजा शुरु भएको हो । 

मोन्लाम पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले शुभारम्भ गरे । उनले कोभिडपछि लुम्बिनीमा बौद्ध धार्मिक गतिविधि शून्यजस्तो भएको अवस्थामा यस वर्षदेखि मोन्लाम पूजालाई प्राथमिकता दिएको बताए । उनले यस वर्षमा मात्रै पाँचवटा मोन्लाम पूजा गरिएको बताउँदै अर्को वर्ष यसलाई वृद्धि गरिने जानकारी दिए । 

लुम्बिनी पुण्य भूमि भएकाले महायाना परम्पराका बौद्धिस्टहरु पूजा गर्न इच्छुक बताउँदै कोषका तर्फबाट वातावरण बनाउने काम भइरहेको उनको भनाइ छ । पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणीजगत्को भलाको कामना गरिने उनले बताए । 

महागुरु बुमटस्क फर वल्र्ड पिसको आयोजनामा शुरु भएको मोन्लाम पूजामा उपाध्यक्ष डा लामासहित प्रख्यात रिम्पोछेहरु छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छे सहभागी रहेका छन् । 

साथै रिपोन्छेहरुसहित विभिन्न गुम्बाका लामा, आनी एकै ठाउँमा भेला भई मन्त्रोच्चारण र पाठ गर्दा लुम्बिनी गुञ्जायमान भएको छ । मायादेवी मन्दिर परिसरमा आयोजित मोन्लाम पूजाले लुम्बिनीको वातावरणमा एक प्रकारको आध्यात्मिक तरङ्ग ल्याएको छ । 

भगवान् बुद्धका उपदेशहरु पाठ गर्दै बोद्धिसत्व र विश्व शान्तिको कामना गरी गरिएको पूजाको महायान परम्परामा निकै ठूलो महत्व छ । 

लुम्बिनी विकास कोषले मोन्लाम जस्ता पूजाहरुलाई नीतिगत रुपमा प्रोत्साहन गर्दै आएको छ । लुम्बिनीमा आयोजना हुने यस्ता पूजाले लुम्बिनीमा धार्मिक पर्यटक आकर्षित हुने र यसले बुद्धका उपदेश र सन्देश थप फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 


लुम्बिनी विकास कोषले दैनिक एक लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो सेड’ सञ्चालनमा ल्याएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले मायादेवी प्रवेशद्वारको पश्चिमपट्टि एकैपटकमा आठ हजार दियो बाल्न मिल्ने गरी स्थापना गरिएको सेडको बिहीबार उद्घाटन गरे । 

उपाध्यक्ष डा लामासहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छेले दियो सेडको उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि उपाध्यक्ष डा लामाले संसारभरका बौद्धमार्गीले लुम्बिनी आएर बत्ती बाल्न इच्छुक हुने भएकाले दियो बाल्ने सेडले सुविधा थप्ने बताए । 

बौद्धमार्गीले मायादेवी मन्दिरमा आएर बत्ती बाल्न इच्छुक भए पनि त्यसको व्यवस्थापन हुन नसकिरहेको अवस्थामा आफूले अठोट गरेअनुसार काम गरेको उपाध्यक्ष डा लामाको भनाइ छ । डा लामाका अनुसार अन्यत्र लाखौँ दियो बाल्नु र लुम्बिनीमा थोरै भए पनि दियो बाल्नु बराबर हुने बौद्धिष्टहरुमा मान्यता छ । 

महायानी बौद्धिस्टहरुले आफ्नो परिवारको स्मृतिमा प्रायः दियो बाल्ने प्रचलन रहन्छ । बौद्धमार्गीको आस्था र विश्वासलाई मध्यनजर गरी दियो सेडक स्थापना गरिएको हो । दियो सेडले धार्मिक एकता र सांस्कृतिक सम्बन्धसँगै कोषको आन्तरिक आम्दानीसमेत वृद्धि गर्ने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । 

उद्घाटन लगत्तै उपाध्यक्ष डा लामासहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे र खान्डो छिरिङमा रिपोन्छेले दियो बालेर शुरुआत गरेका छन् । पहिलो आठ हजार सेडको रु एक लाख ३४ हजार रिपोन्छेहरुबाट प्राप्त भएको थियो । शुभारम्भकै दिन दियोबाट रु तीन लाख १३ हजार दुई सय आम्दानी भएको कोषका लेखा प्रमुख भीम बस्नेतले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ