arrow

मधेस सरकारबाट बाहिरियो सीकेको पार्टी

राजीनामा बुझाएपछि जनमतले भन्यो- काम गर्न नदिएपछि सरकारमा बस्न सकेनौँ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
ck-raut-party-madhesh.jpg

काठमाडौँ । डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । 

मंगलवार मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष राजीनामा बुझाएका हुन् । 

मंगलवार बसेको जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै आफूहरू बाहिरिएको र सरकारलाई दिएको समर्थ फिर्ता लिएको संस्कृति मन्त्री यादवले बताए । 

उनले सरकारले जनमुखी काम नगरेको र आफूहरू मन्त्री भइसकेपछि बिना विभागीय मन्त्री बनाउने, जनमुखी काम गर्दा बाधा अड्चन गर्ने, मन्त्रालय बारम्बार फुटाउने र आफूहरूको मातहतका मन्त्रालयहरू एकल ढङ्गले चलाउने गरेको आरोप लगाए । 

सरकारको एक वर्षे कार्यकालमा पनि जनताले सरकार भएको अनुभूति गर्न नसकेको बताए ।

उनले आफूहरू जनताका काम गर्न आएकाले जनताका काम गर्न नदिएपछि सरकारमा बस्न नसक्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ