काठमाडौँ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय धोती दिवस मनाएको छ । काठमाडौँको माइतीघर मण्डलामा भेला भएर उनीहरुले आज धोती पहिरिएर यो दिवस मनाएका हुन् ।
दिवस मनाउनको लागि अध्यक्ष राउत स्वयं स्व्यम सडकमा उत्रिएका छन् ।
गत वर्ष भने सरकारले लगाएको निषेधित क्षेत्र तोड्दै धोती दिवस मनाउने क्रममा राउत पक्राउ परेका थिए ।