arrow

नरेन्द्र मोदी आजको समयका युधिष्ठिर

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
gajendra-chauhan-yudhisthir.jpg

काठमाडौँ । भारतीय धार्मिक श्रृंखला महाभारतको युधिष्ठिरको भूमिका निभाएका अभिनेता गजेन्द्र चौहानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आजको समयका युधिष्ठिर भनेका छन् । 

उनले अयोध्यामा सोमबार राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै गर्दा आइतबार प्रतिक्रिया दिने क्रममा मोदी आजको समयका युधिष्ठिर भएको बताएका हुन् । 

उनले भने, ‘मोदीले जे भने त्यो गरे । मलाई विश्वास छ भारतमा रामराज्यको स्थापना हुनेछ । नरेन्द्र मोदीजी यो युगका युधिष्ठिर हुन् । उनी सत्यका प्रतिक हुन् । उनले जे भनेका थिए त्यो गरेर देखाए ।’ 

सोमबार स्थानीय समयअनुसार दिउँसो १२ः२० बजेको साइतमा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ । उक्त प्राण प्रतिष्ठा नेपाली पुजारी दुर्गाप्रसाद गौतमले गराउँदैछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ