arrow

आहा रारा पोखरा गोल्डकपकाे तयारी पूरा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
sahara-club-pokhara.jpg

पोखरा । तेइसौँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि शुरु हुँदैछ । प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक सहारा क्लब पोखराले जनाएको छ । 

प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउने भएको छ । अघिल्ला वर्षमा दुई विदेशी क्लबलाई सहभागी हुँदै आएकामा यस पटक भने एकमात्र भुटानको पारो फुटबल क्लव सहभागी हुँदैछ । 

यसअघि आउने भनेको दिल्ली फुटबल क्लबले अन्तिम समयमा नआउने जानकारी गराएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । दिल्लीको स्थानमा सशस्त्र प्रहरी बलको एपीएफ सहभागी हुने भएको छ । एपीएफको पहिलो खेल माघ १२ गते नेपाल पुलिससँग हुनेछ । 

प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मछिन्द्र, सङ्कटा, चर्च ब्वाइज, एपीएफ, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार, भुटानको पारो फुटबल क्लब र आयोजक सहाराले प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताको उद्घाटन खेलमा सहारा क्लब र थ्रीस्टार क्लव भिड्दै छन् । यस्तै दोस्रो दिनको खेल १० गते त्रिभुवन आर्मी रराइजिङ स्टार, तेस्रो दिनको खेल ११ गते मच्छिन्द्र र जाउलाखेल, चौथो दिन माघ १२ गते एपीएफ र नेपाल पुलिस बीच हुनेछ । त्यसपछि १३, १४, १५, १६ गते क्वाटरफाइनल, १७ र १८ गते सेमिफाइनल र २० गते फाइनल खेल हुने सहारा क्लवले जनाएको छ ।

प्रतियोगिता विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै सहभागी प्रत्येक टिमलाई प्रत्येक खेलको २० हजार र क्वाटरफाइनल खेल्नेलाई ३० हजार तथा सेमिफाइनल खेल्नेलाई ५० हजार उपलब्ध गराइने सहारा क्लवका महासचिव अधिकारीले बताए । उनका अनुसार प्रतियोगिताका लागि आउने टिमको यातायात, दैनिक भत्ता पनि आयोजकले नै व्यहोर्ने भएको छ । 

यस वर्षको प्रतियोगितामा १ करोड ८६ खाल ७५ हजार आम्दानी र १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । 

खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरकोरुपमा विकास गरौँ भन्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा यस पटक टिकट काटेर खेल हेर्ने दर्शकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । जसमा टिकट काटेर खेल हेर्ने प्रत्येक दिन दुई जना दर्शकले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ