-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मुम्बई । भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ।
बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्थित भवनमा आगलागी भएको हो । घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।
आगलागी भएको जानकारी प्राप्त हुनासाथ पाँचओटा दमकल सहितको उद्धार टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने काम शुरु गरेको जानकारीमा आएको छ ।
यद्यपि घटनाको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।