arrow

करेन्ट लागेर अनन्तको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
current-hanga.jpg
तस्बिर-फाइल

गोरखा । गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु गएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका वडा नं. ६ गाँइखुरका ४८ बर्षीय अनन्त परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी रमेशकुमार श्रेष्ठका अनुसार परियार बिहीबार मध्यान्ह १२ः३० बजेतिर आफ्नै बारीमा रहेको कटहरको रुख काट्न रुखमा चढेका थिए ।

रुख काट्नेक्रममा रुखका हाँगाले हाइटेन्सन लाइन छुँदा विद्युतीय झड्का लागेपछि उनी रुखबाट खस्न पुगेका थिए ।

परियार विद्युतीय झड्का र लडेर गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै उद्धार गरि उपचारका लागि डुम्रेस्थित लक्ष्मी अस्पतालमा ल्याइएको थियो ।

उनको उपचारका क्रममा दिउसो १ः४० बजे नै मृत्यु गएको डिएसपी श्रेष्ठले बताए ।

परियारको शव दमौली अस्पतालमा पोष्टमार्टम गरेपछि शुक्रबार परिवारलाई बुझाइएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ