पन्ध्र वर्षअघि काकालाई बोक्सो भन्दै हत्या गरी फरार भएका दुई भतिजहरु पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
545
Shares
अपडेट
काठमाडौँ । बोक्सो आरोपमा कुटपिट गरी हत्या गरेको पन्ध्र वर्ष पुरानो घटनामा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका ३ का ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगर रहेका छन्।
रोशी गाउँपालिका ३ का जनकबहादुर मगरलाई कुटपिट गरी हत्यापछि फरार भएका उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पक्राउ परेका दुवै जनकबहादुरका भतिजा नाता पर्ने व्यक्ति हुन् । २०६५ साल असोज २९ गते जनकबहादुरको हत्या भएको थियो।
हत्यापछि फरार रहेका दुवैलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि शुक्रबार जिल्ला अदालत काठमाडौँमा बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीले बताए।