arrow

अयोध्या राम मन्दिरः गर्भगृहमा भगवान्

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
ayodha-ram-statue-2024-01-1.jpg
तस्बिर – सामाजिक संजाल ।

अयोध्या । भारतको अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठा अन्तर्गत चौथो दिनको अनुष्ठान चलिरहेको छ । सो क्रममा गर्भगृहबाट भगवान् रामको नयाँ तस्बिर सामने आएको छ । 

प्राण प्रतिष्ठाको अनुष्ठानको चौथो दिन शुक्रबार बिहान ९ बजे अरणी मन्थनबाट अग्नि प्रकट गरिएको छ । 

अग्नि प्रकटपछि चौथो दिनको अनुष्ठान अगाडि बढेको हो । यज्ञ मण्डपको हवनको प्रक्रिया पनि शुरु हुनेछ । 

बिहीबार राति भगवानको अनुहार ढाकेर राखिएकामा शुक्रबार बिहान मूर्ति बाहिर सार्वजनिक गरिएको थियो । उक्त मूर्ति बुधबार नै राम मन्दिरभित्र पुगेको थियो । 

आगामी माघ ८ गते सोमबार प्राण प्रतिष्ठा हुनेछ । मंगलबारदेखि नयाँ मन्दिर सबै भक्तका लागि खुला हुनेछ । 

सोमबारको प्राण प्रतिष्ठाको विशेष कार्यक्रममा आठ हजार अतिथिलाई निम्तो दिइएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही प्राण प्रतिष्ठाको पूजाका लागि ११ दिने उपवासमा रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ