arrow

भगवान् रामसँग जोडिएको हुलाक टिकट जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
ram-pos-ticket-modi.jpg

अयोध्या । भारतको अयोध्यामा माघ २ गतेदेखि जारी राम मन्दिरको प्राण प्रतिष्ठा अनुष्ठान अन्तर्गत बिहीबार तेस्रो दिन हो । माघ ८ गते प्राण प्रतिष्ठा हुँदै गर्दा बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरसँग जोडिएको श्रृंखला अन्तर्गत हुलाक टिकट जारी गरेका छन् । 

उनले श्रीरामसहितको टिकटका साथै पुस्तक पनि सार्वजनिक गरेका छन् । 

तस्बिर संकलित पुस्तकबाट अयोध्याको राम मन्दिरलाई बुझ्न सकिने छ । श्रीराम जन्मभूमिमा स्मारक हुलाक टिकट हुलाक विभागले विश्वभरमा भगवान् रामका नाममा जारी भएका सबै टिकटको पुस्तक तयार गरेको हो । 

मोदीले माघ ८ को प्राण प्रतिष्ठा समारोहमा सरिक हुनका लागि ११ दिनको विशेष अनुष्ठान गरिरहेका छन् । जसमा उनले सात्विक भोजन गरिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ