arrow

२४ घण्टामा १६३ प्यालेस्टाइनीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
israel-explode-2023-10-23.jpg

काठमाडौँ । इजरेलले गाजा शहरमा गरेको हवाई आक्रमणमा बुधवार कम्तिमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ । 

इजरेली बम विष्फोटमा परेको गाजा शहरको दराज नजिकैको भग्नावशेषबाट २५ जनाको शव निकालिएको प्रतिवेदनले जनाएको छ । थप दर्जनौं घाइते भएका छन् । 

गाजास्थित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरेली फायरबाट गाजा पट्टीमा १६३ प्यालेस्टाइनीको मृत्यु भएको र ३५० जना घाइते भएको बताएको छ । 

यससँगै स्ट्रिपमा जारी इजरेली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या २४ हजार ४४८ र घाइतेहरूको संख्या ६१ हजार ५०४ पुगेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ