arrow

प्राण प्रतिष्ठा हुनुअघि गर्भगृहमा श्रीराम यन्त्रको स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
ram-mandir-ayodhya-SRJTK.jpg

अयोध्या । भारतको अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठा गर्नुअघि प्राण प्रतिष्ठा अनुष्ठानको दोस्रो दिन श्रीरामको चाँदीको मूर्ति राम मन्दिर परिसरमा भ्रमण गराइएको छ । 

पहिले रामको अचल मूर्ति जन्मभूमि परिसरमा भ्रमण गराउने योजना भए पनि सुरक्षा र मूर्तिको तौल बढी भएका कारण परिसर भ्रमण गराउने क्रममा रामको सानो रजत प्रतिमा लिएर पूरा गरिएको थियो । योसँगै गर्भगृहमा श्रीराम यन्त्रको स्थापना भएको छ । 

१० किलो तौलको चाँदीले बनेको रामललाको प्रतिमा मुख्य यजमान डा. अनिल मिश्राले मन्दिरभित्र मन्दिरको चारैतर्फ भ्रमण गराए । 

मन्दिर परिसर वैदिक मन्त्रोच्चारबाट गुन्जिएको थियो । यसअघि उक्त मूर्ति बुधबार साँझ विवेक सृष्टि परिसरबाट ठूलो सुरक्षाबीच राम जन्मभूमि परिसर पुर्याइएको थियो । 

आगामी माघ ८ गते सोमबार राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ । जहाँ आठ हजार अतिथिलाई निम्तो दिइएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ