arrow

राम मन्दिर प्राण प्रतिष्ठा

उपवासमा मोदीः यस्तो हुन्छ सात्विक भोजन र फाइदा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
modi-chanting-twitter.jpg

काठमाडौँ । भारतको अयोध्यामा आगामी माघ ८ गते (२२ जनवरी) मा हुने राम मन्दिरको प्राण प्रतिष्ठाका लागि प्रधानमन्त्री नरेन्द्र मोदी उपवासमा रहेका छन् । 

उनले प्राण प्रतिष्ठा गर्नका लागि ११ निको उपवास बसेका हुन् । यो उपवास स्वयंको शुद्ध गर्ने एक प्रक्रिया हो । यस दौरान उनले खास दिनचर्या अपनाइरहेका छन् । खानपानमा पुरानो सात्विक भोजनको शैली पालना गर्नेछन् । 

के हो सात्विक भोजन ? 
सात्विक भोजनको जानकारी सबैभन्दा पहिले छान्दोग्य उपनिषदमा दिइएको छ । यसमा बताइए अनुसार सात्विक भोजन गर्दा हाम्रो मन र चित्त नवीन एवं शुद्ध ऊर्जा महसुस गराउँछ । 

जबकि भगवत्गीताका अनुसार सात्विक भोजनले जीवन, मजबुती, स्वास्थ्य, खुशी र उत्साहको अनुभूति गराउँछ । 

हाम्रो संस्कृतिमा तीन प्रकारका भोजन शैली बताइएको छ । राजसी, तामसी र सात्विक । 

राजसी भोजनको सम्बन्ध राजघरानामा बन्ने भोजन हो । जसमा मसलेदार भोजन शामिल हुन्छ । तामसीमा प्याज, लसुन, मासु, मदिरा लगायत सामेल हुने गर्छ । 

त्यस्तै सात्विक भोजनमा फलफूल, तरकारी खाइन्छ । जसमा धेरै भन्दा धेरै उमालेर खाइन्छ । 

आयुर्वेदमा सात्विक भोजनका कयौँ महत्व बताइएको छ । जसका अनुसार सात्विक भोजन शैली अपनाउने मानिसहरु ऊर्जा, शान्तिका अलावा मानसिक स्पष्टता देख्न सकिन्छ । 

सात्विक भोजनमा विशेषगरी १० चिज पर्दछन् । जसमा पिसेको अन्न, अंकुरित अन्न, ताजा फल, जमीन वा समुद्रमा पाइने सागपात, तरकारी, फलको रस, सुख्खा फल (ड्राइ फ्रुट), पनिर, मह, हर्बल चिया, घ्यू पर्दछ । 

सात्विक भोजनलाई प्रकृतिको करिब रहेको खाना पनि भनिन्छ । यो खाना सिधै हाम्रो स्वास्थ्यसँग जोडिन्छ । 

सात्विक भोजन पचाउन कम मेहनत पर्दछ । जसका कारण मुटुले पनि कम पम्प गरे पुग्छ । जसले गर्दा मुटुको कामको परिश्रमसमेत कम पर्दछ । 

सात्विक भोजनलाई गुड कोलेस्ट्रोलको रुपमा पनि लिइन्छ । 

सात्विक भोजनले शरीरलाई सधै फाइदा पुर्याउँछ । उपवास बस्दा र सात्विक भोजन खाँदा शरीरका अंगलाई कम वर्कलोड हुन्छ । 

प्रतिरोधात्मक क्षमता बढाउँछ, खानेकुरा पचाउन मद्धत गर्छ, वजन घटाउन मद्धत गर्छ, गम्भीर प्रकृतिका रोग लाग्न दिँदैन, छालामा चमक ल्याउँछ । 

बलिउड अभिनेताहरु अक्षय कुमार, मनोज पाजपेयीले यो विधि अपनाउँछन् । त्यस्तै क्रिकेटर विराट कोहलीले पनि यो विधि अपनाउँछन् । 

नेपालमा पनि कयौँ त्यस्ता व्यक्तित्वहरु छन् जसले सात्विक भोजन अपनाउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ