arrow

अयोध्या राम मन्दिरको प्राण प्रतिष्ठा अनुष्ठान आजदेखि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
ram-mandir-ayodhya-SRJTK.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतको अयोध्यास्थित राम मन्दिरमा प्राण प्रतिष्ठा अनुष्ठान आजदेखि शुरु हुँदैछ । यो अनुष्ठान आगामी आइतबार माघ ७ गते (जनवरी २१) सम्म चल्नेछ । 

माघ ४ गते (जनवरी १८) मा गर्भगृहमा निर्धारित आसनमा रामललाको प्रतिमा स्थापित गरिने छ । 

पछिल्लो ७० वर्षदेखि पूजा भइरहेको वर्तमान प्रतिमा पनि नयाँ मन्दिरको गर्भगृहमा नै राखिने छ । 

श्रीराम जन्मभूमि मन्दिर ट्रष्टका महासचिव चम्पत रायले प्राण प्रतिष्ठा समारोहको बेहोरा सार्वजनिक गरेका छन् । 

उनका अनुसार आगामी माघ ८ गते जनवरी २२ तारिखमा न्यूनतम विधिको प्रयोग गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा स्थानीय समयअनुसार दिउँसो १२ः२० बजे प्राण प्रतिष्ठाका मुख्य अनुष्ठान आरम्भ हुनेछ । 

यो पूजा करिब ४० मिनेटसम्म चल्नेछ । यसपछि करिब ७५ मिनेट प्रधानमन्त्री मोदी, मुख्यमन्त्री योगी आदित्यनाथ, संघ प्रमुख मोहन भागवतले सो अवसरमा सम्बोधन गर्नेछन् । 

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका अध्यक्ष महन्त नृत्यगोपाल दासले आशीर्वाद दिनेछन् । 

समारोहका लागि बिहान १०ः३० बजेसम्म राम जन्मभूमि परिसरमा प्रवेश गर्नुपर्नेछ । मन्दिर परिसरमा बस्नका लागि आठ हजार कुर्सी राखिने छन् । 

महोत्सवमा भारतका विभिन्न राज्यका २५ वाद्य यन्त्रबाट रामलाको अभिनन्दन गरिने छ । 

महासचिव रायका अनुसार प्राण प्रतिष्ठाको मुहूत्र्त काशीका वैदिक आचार्य गणेश्वर शास्त्री द्रविडले तय गरेका हुन् । वाराणसीका आचार्य लक्ष्मीकान्त दीक्षितको निर्देशनमा १२१ वैदिक आचार्य सम्पूर्ण कर्मकान्ड विभिन्न सम्पन्न गर्नेछन् । 

मूख्य पूजा नेपालका पंडित दुर्गाप्रसाद गौतमले गराउने छन् । 

महोत्सवमा १५० भन्दा बढी परम्पराका सन्त धर्माचार्य तथा ५० भन्दा बढी आदिवासी, गिरिवासी, तटवासी, द्वीपवासी तथा जनजातीयहरुको उपस्थिति हुनेछ । 

मन्दिर निर्माणमा जोडिएका ५०० भन्दा बढी इन्जिनियरको समूह पनि सामेल हुनेछ । 

माघ ८ गते (जनवरी २२) को प्राण प्रतिष्ठाका लागि ५० देशका ५३ जनालाई आमन्त्रित गरिएको जनाइएको छ ।  

प्राण प्रतिष्ठामा अधिमास
प्राण प्रतिष्ठामा १२ अधिमास हुनेछ । जसमा माघ २ गते प्रायश्चित्त, कर्मकुटी पूजन हुनेछ । 

माघ ३ गते मूर्तिलाई परिसरमा प्रवेश गराइने छ । माघ ४ गते तीर्थपूजन एवं जलयात्रा, जलाधिवास तथा गन्धाधिवास गराइने छ । 

माघ ५ गते औषधाधिवास, केसारधिवास, घृताधिवास, पुष्पाधिवास गराइने छ । 

माघ ६ गते शर्कराधिवास, फलाधिवास तथा पुष्पाधिवास गराइने छ भने माघ ७ गते मध्याधिवास र सायंकाल शैथ्याधिवास गराइने छ । 

शनिबार र आइतबार श्रद्धालुले रामको दर्शन गर्न पाउने छैनन् । माघ ९ गते (जनवरी २३ तारिख) देखि सर्वसाधारणका लागि नयाँ मन्दिर खुला हुनेछ । 

 


 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ