arrow

युक्रेनी युद्धबन्दीलाई रुसले सुनायो सजाय  

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
ukraine-russia referendum-army.jpg

काठमाडौँ । रुसले दुई सयभन्दा धेरै युक्रेनी युद्धबन्दीलाई लामो सजाय सुनाएको छ । क्रेमलिनको आक्रमणको करिब दुई वर्षपछि केहीले आजीवन कारागारको सजाय पाएका छन् । 

रुससँग अज्ञात सङ्ख्या (हजारौँ मानिन्छ) मा युक्रेनी बन्दी छन् । तीमध्ये धेरैलाई सन् २०२२ मा बन्दरगाह सहर मारिउपोल घेराबन्दीका क्रममा लगिएको थियो । 

किएभ र अन्तर्राष्ट्रिय अधिकार समूहहरूले युद्धबन्दीहरूमाथि मस्कोको परीक्षणहरूलाई अवैध भन्दै निन्दा गरेका छन् । 

“दुई सयभन्दा बढी युक्रेनी सैन्यकर्मीहरूलाई नागरिकको हत्या र युद्धबन्दीहरूसँग दुर्व्यवहार गरेको आरोपमा लामो कारगार सजाय सुनाइएको छ”, रुसको अनुसन्धान समितिका प्रमुख अलेक्जेन्डर बास्ट्रिकिनले सरकारी समाचार आउटलेट आरआइए नोभोस्तीलाई अन्तरवार्ता दिँदै भने ।

उनले ‘उच्चस्तरीय अधिकारीहरू’ सहित युक्रेनी सैन्य कर्मचारीहरूमाथि मस्कोले मुद्दा चलाउने आफ्नो प्रयासलाई ‘जारी राख्ने’ वाचा गरे । धेरै युक्रेनी युद्धबन्दीहरूलाई रुसले कब्जा गरेको पूर्वी युक्रेनमा राखिएको छ भने अन्यलाई रुस लगिएको छ । 

बास्ट्रिकिनले सैनिकहरूलाई रुसमा वा कब्जा गरिएको युक्रेनमा सजाय सुनाइएको थियो भन्नेबारे केही बताएनन् । 

यद्यपि सरकारी आउटलेट आरटीले अनुसन्धान समितिको स्रोतलाई उद्धृत गर्दै कब्जा गरिएको युक्रेनमा दुई सय ४२ सैनिकलाई सजाय सुनाइएको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ