arrow

इनारमा खसेकी महिलाको जीवितै उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
pond-inar.jpg.jpeg

काठमाडौँ ।  ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको जीवितै उद्धार गरिएको छ । 

लुगा सुकाउने क्रममा २८ वर्षीय नुतन प्रधान इनारको ढकन भत्किँदा इनारभित्र खसेकी थिइन् । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा प्रधानलाई इनारबाट निकालिएको थियो । 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज कार्कीले इनारभित्र खसेकी प्रधानको जीवितै उद्धार गरिएको जानकारी दिए । 

प्रधानलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ । प्रहरी उपरीक्षक कार्कीले महिलाको शरीरमा सामान्य घाउचोट लागेको र अवस्था सामान्य रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ