arrow

आठ दिनसम्म कठिन तपस्यामा अयोध्या राम मन्दिरका आयोजक

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
ram-mandir-ayodhya-SRJTK.jpg
तस्बिर – फाइल ।

अयोध्या । भारतको अयोध्यामा आगामी माघ ८ गते राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै गर्दा माघ १ गतेदेखि आयोजक कठिन तपस्यामा बसेका छन् । 

उनीहरु ८ दिन ४५ नियमको कठिन परीक्षाबाट गुज्रिने भएका हुन् । उनीहरुले निरन्तर रामको नाम जप्ने छन् । यसमा प्रायश्चित, गोदान, दशविध स्नान, पञ्चगव्यप्राशन लगायत हुनेछ । 

यी नियमको पालना गरेपछिमात्र आयोजक दम्पती धार्मिक अनुष्ठान सम्पन्न गर्न योग्य हुनेछन् । 

मन्दिरको प्राण प्रतिष्ठामा ११ दम्पती आयोजकको नाताले सामेल हुनेछन् । 

उनीहरुले सोमबार सूर्यले राशि परिवर्तन गरेसँगै प्रथम स्नान गरेर सबैले आठ दिने संकल्प गरेका छन् । 

उनीहरुलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले ४५ विधि–विधान र नियमावली उपलब्ध गराइएको छ । 

सोअनुसार उनीहरुले अनवरत रामको नाम जप्नुपर्ने हुन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ