सर्वोच्च परिसरमै न्यायाधीश गिरीकी श्रीमतीले गरिन् आत्मदाहको प्रयास
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
1.7k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सर्वोच्च अदालतअगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन् । आइतबार दिउँसो न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी हुन् ।
प्रहरीका अनुसार सर्वोच्च अदालत पुगेकी ती महिलाले आफूमाथि मट्टितेल छर्किएकी हुन् । प्रहरीले उनलाई तत्काल उद्धार गरी वीर अस्पताल लगेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए ।
ती महिलाले श्रीमान् गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन् । उनले गिरीलाई थुनामा राख्न माग गर्दै आएकी छिन् ।
गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगेको थियो ।
गिरीलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा मुक्त गरेको थियो ।