arrow

रोल्पामा आपतकालिन र जोखिम अवस्थाका बालबालिकालाई शैक्षिक सहयोग

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ कार्तिक २७ शनिबार
Rolpa-hamrakura.jpg.jpeg
लिबाङ (रोल्पा)। जिल्ला बालकल्याण समिति रोल्पाले बाल अधिकार संरक्षण र प्रबद्र्धनका लागि आपतकालिन र जोखिम अवस्थाका बालबालिकालाई शैक्षिक सहयोग गरेको छ  । जसका लागि आपतकालिन मानव सहयोग अन्तर्गत ९१ जना बालबालिकालाई १ लाख ७५ हजार,  जोखिम अवस्थाका बालबालिकालाई शैक्षिक सहयोग ११५ जनालाई २ लाख ३० हजार, सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिका पुनस्थापना तथा पुनर्एकिकरण कार्यक्रम अन्तर्गत जम्मा २३२ जनालाई  ५ हजारका दरले शैक्षिक सहयोग  १६ लाख ६० हजार, त्यसैगरी ३ जना बालबालिकालाई  ६ हजारका दरले बैकल्पिक स्याहार सहयोग गरेको सीएएसी परियोजनाका परियोजना अधिकृत इन्द्रा शाहीले जानकारी दिए । 
 
उनका अनुसार यसैगरी जन्मदर्ता नभएका ४ जना बालबालिकाका लागि कानूनी सहयोग र ५ वटा विद्यालय शान्तिक्षेत्र घोषणाका लागि रु १ लाख २५ हजार सहयोग गरिएको छ । यसरी सहयोग कार्यक्रम सम्पन्न गर्दा श्रोत साधनको कमी, भौगोलिक बिकटता, सस्थागत विकासमा कमी हुने भएको हुँदा काम गर्दा केही असहज हुने गरेको जिल्ला बाल कल्याण समिति रोल्पाका बाल अधिकार अधिकृत गोकर्ण पुनले जानकारी दिए । 
 
यस्तै बाल संरक्षण निरिक्षक कपिलदेव भण्डारीका अनुसार जिल्लामा द्वन्द्व प्रभावित बालबालिकाहरु छरिएर रहेको हुँदा आफूहरु गाउँस्तरमै पुगेर राहत वितरण गर्न पनि गाह्रो र करिव ५ हजारका लागि सम्वन्धीत बालबालिकाहरु सदरमुकाम आउदा ५ हजार भन्दा बढी नै खर्च लाग्ने भएको हुँदा दुर दराजमा रहेको बालबालिकाहरुलाई  राहत वितरणमा केही असहज हुने गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ