मृतावस्थामा भेटिएका कांग्रेस प्रतिनिधि खड्काको दाहसंस्कार
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
1k
Shares
कञ्चनपुर । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको शनिबार महाकाली नदीमा हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।
दुई दिनअघि ऐठपुरस्थित महाकाली सिँचाइ नहर किनारमा अध्यक्ष खड्का मृतावस्थामा भेटिएका थिए ।
महाकाली नदीको भुजेला घाटमा खड्कालाई उनका दुई छोराले दागबत्ती दिए ।
खड्काका ८७ वर्षीय बुवासमेत दाहसंस्कारमा सहभागी भए । सतचालीस वर्षीय खड्का विसं २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
उनी भीमदत्त नगरपालिकाको नगर प्रवक्ता थिए । खड्काका परिवारमा आमाबुवा, श्रीमती र दुई छोरा छन् । उनी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि पनि थिए ।