arrow

जनप्रतिनिधिले जनमतको कदर गर्नुपर्छ : मन्त्री साउद

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
np-saud-2080-10-29.jpg
तस्बिर-फाइल

बैतडी । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जनप्रतिनिधिले जनमतको कदर गर्नुपर्नेमा जोड दिएका छन् । 

नेपाली कांग्रेस बैतडीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा मन्त्री साउदले भने, “जनताले अमूल्य मत दिएर जिताएकाले सो योगदान भुल्न हुँदैन, मतदाताले हामीलाई ठूलो जिम्मेवारी दिएका छन् । त्यसैले जनमतको कदर गर्दै काम गर्नुपर्छ ।”

जनताले सुम्पिएको जिम्मेवारी उनीहरूको हक, अधिकारका लागि समर्पित गर्नुपर्ने उनको भनाइ थियो । 

त्यस अवसरमा कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्द, पदाधिकारी तथा सदस्य, प्रदेशसभा, नगर, गाउँ, वडा कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र कांग्रेसका तर्फबाट बैतडीका १० वटै पालिकामा निर्वाचित जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ