arrow

अयोध्या राम मन्दिरमा सागौन काठका ढोका, ४६ मध्ये १८ ओटा सुनका

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २८ शनिबार
ayodhya-ram-mandir-gold-door.jpg

अयोध्या । भारतको अयोध्यास्थित राम मन्दिरमा ४६ ओटा ढोका लगाइने छ । जसमध्ये १८ वटा सुनले लेपित हुनेछन् । गर्भगृहको माथिल्लो तल्लामा यी ढोकाहरू जडान भइरहेका छन् । उल्लेखनीय छ कि मन्दिरको ढोका महाराष्ट्रबाट सागौनको काठबाट बनाइएको छ। यी ढोकाहरूमा विष्णुको कमल, भव्यताको प्रतीक गज अर्थात् हात्ती र अभिवादन मुद्रामा देवी चित्रण गरिएको छ।

अयोध्यामा बनिरहेको राम मन्दिरमा सुनको ढोका लगाइँदैछ । यो ढोका करिब १२ फिट अग्लो र ८ फिट चौडा छ। राम मन्दिरमा ४६ ओटा ढोका लगाइने छ, जसमध्ये १८ वटा सुनले लेपित हुनेछन् । 

गर्भगृहको माथिल्लो तल्लामा यी ढोकाहरू जडान भइरहेका छन्। उल्लेखनीय छ कि मन्दिरको पर्खाल राजस्थानको बन्सी पहारपुरको नक्काशीदार ढुङ्गाबाट बनाइएको छ। राम मन्दिरको ढोका महाराष्ट्रको सागौन काठबाट बनेको छ । यो ढोका एक हजार वर्षसम्म उस्तै रहनेछ ।

हैदराबादका कारिगरहरूले महाराष्ट्रको सागौन काठबाट राम मन्दिरको ढोका बनाइरहेका छन् । यी ढोकाहरूमा सुन लगाउने काम दिल्लीमा भइरहेको छ।  १८ ओटा ढोकामा १०० किलो सुनको लेप हुनेछ ।

राम मन्दिरमा नक्काशीदार ढोकाहरू जडान भइरहेका छन् । गत सोमबार पहिलो ढोका जडान गरिएको थियो।

अयोध्याको राम मन्दिरमा सुनको ढोका लगाउने काम धमाधम भइरहेको छ । यसैबीच पहिलो सुनौलो ढोकाको पहिलो तस्बिर बाहिर आएको छ। यो ढोका रामलालाको गर्भगृहको मुख्य ढोका हो । 

जानकारीका अनुसार जनवरी २२ तारिखमा प्रभु भव्य दरबारमा बस्नुअघि ढोका जडानको काम पूरा हुनेछ । २२ तारिखमा भगवान् रामको प्राण प्रतिष्ठा हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ