arrow

मोदीले गरे भारतकै सबैभन्दा लामो पुलको उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
atal-setu-social-media.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतकै सबैभन्दा लामो पुलको उद्घाटन गरेका छन् । मोदीले शुक्रबार सबैभन्दा लामो समुद्री पुल अटल सेतुको उद्घाटन गरेका हुन् । यो पुलले मुम्बईबाट नवी मुम्बई जोड्ने छ । 

२१.८ किलोमिटर लामो यो पुलले दुई घण्टा लामो यात्रा अब २० मिनेटमै पूरा हुनेछ । सन् २०१६ को डिसेम्बरमा मोदीले यस पुलको आधारशिला राखेका थिए । पुल निर्माणमा १७ हजार ८४३ करोड भारु खर्च भएको भारतीय मिडियाहरुले लेखेका छन् । 

यो पुललाई मुम्बई ट्रान्स हार्बर सिलिंक (एमटीएचएल) पनि भनिन्छ । यसको १६.५ किलोमिटर भाग समुद्रमा र ५.५ किलोमिटर भाग जमीनमा छ । यो पुलबाट दैनिक ७० हजार सवारी साधन गुड्न सक्छन् । हालका दिन करिब ५० हजार सवारी गुड्ने अनुमान गरिएको छ । 

यो पुलको प्रयोगले वार्षिक एक करोड लिटर इन्धन बचत हुने अनुमान छ । त्यसैगरी प्रदूषणको स्तरमा कमी आउँदा लगभग २५ हजार ६८० मेट्रिक टन कार्वनडाइअक्साइड उत्सर्जनमा पनि कमी आउने छ । 

यो पुलमा ४०० सीसीटीभी क्यामेराको प्रयोग भएको छ । पक्षी र समुद्री जीवबाट बच्नका लागि पुलमा साउन्ड बेरियर र अत्याधुनिक प्रकाशकोसमेत प्रयोग गरिएको छ । 

यो पुलको आयु सय वर्ष हुने बताइएको छ । यो पुल बनाउन १.७८ लाख मेट्रिक टन स्टिल र ५.०४ लाख मेट्रिक टन सिमेन्टको प्रयोग भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ