रेशमले गरे नाउपाको अध्यक्षमा मनोनयन दर्ता [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
1.2k
Shares
टीकापुर । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत अहिले मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।
हालसम्म अध्यक्ष पदमा संरक्षक रेशमलाल चौधरीको मात्र उम्मेदवारी परेको छ । बिहीबारबाट शुरु भएको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्दै शनिबार सम्पन्न हुने सो पार्टीले जनाएको छ ।
बिहीबार राति १० बजेदेखि शुरु भएको बन्द सत्र सकिएलगत्तै उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु भएको हो । शुक्रबार नै नयाँ कार्यसमिति चयनका लागि मतदान हुने निर्वाचन तालिकामा उल्लेख गरिएको छ ।