arrow

निर्वाचन समन्वय समितिको संयोजकमा लेखक

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
ramesh-lekhal-2080-10-14.jpg
तस्बिर-फाइल

काठमाडौँ । सत्तापक्षीय गठबन्धनले रााष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई चयन गरेको छ ।

सत्तापक्षीय गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले समितिका सदस्यसमेत रहेका प्रमुख सचेतक लेखकलाई चयन गरेको कांग्रेसले जनाएको छ । 

समितिका सदस्यमा नेकपा (माओवादी केन्द्र) का वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रप्रसाद पाण्डे तथा जनता समाजवादी पार्टी नेपालका मनिष सुमन रहेका छन् ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन सत्तापक्षीय गठबन्धनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि आफ्ना उम्मेदवारलाई विजय गराउन विभिन्न निर्णय गरेको छ । 

बैठकले सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति तथा ७७ वटै जिल्लामा राष्ट्रियसभा निर्वाचन जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ