arrow

गाजा आक्रमण नरोकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
Benjamin-netanyahu.jpg

काठमाडौँ । इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरेलले आफ्ना सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध अन्त्त नहुने घोषणा गरेको छ । 

विशेष गरी हमासको विनाश नभएसम्म गाजामा युद्ध समाप्त नहुने उनको उद्घोष छ ।

"तीन महिनाअघि हमासले हाम्रो विरुद्ध भयानक नरसंहार गरेको थियो," उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। 

सरकारले हमासलाई हटाउन युद्धमा जान, हाम्रा बन्धकहरूलाई फिर्ता गर्न र गाजा द्वन्द्व फेरि कहिल्यै नहोस् भनेर सुनिश्चित गर्न निर्देशन दिएको उनले बताएका छन्।

हामीले सबै लक्ष्यहरू प्राप्त नगरेसम्म युद्ध रोक्न हुँदैन, "नेतन्याहुले भने।

उनले हमासलाई कुनै पनि प्रकारको उन्मुक्ति नदिने र दक्षिण र उत्तर दुवैमा सुरक्षा पुनः स्थापना नगरेसम्म लड्ने बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ